वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार २०७८ भदौमा २४ हजार युवा नयाँ श्रम स्वीकृति लिएर विदेशिएका थिए। पुनः सहित ३६ हजारले स्वीकृति लिएको देखिन्छ। यो भदौ २१ गतेसम्म ४९ हजार ९२७ जनाले श्रम स्वीकृति लिइसकेका छन्। जसमध्ये मलेसियाका लागि २३ हजार ६३३ जनाले स्वीकृति लिएका छन्। कतारका लागि सात हजार ९७०, युएईका लागि पाँच हजार ४९८, साउदीका लागि चार हजार ७०, कुवेतका लागि दुई हजार ९१५ र अन्य मुलुक गरेर जम्मा ४९ हजार ९२७ जनाले श्रम स्वीकृति लिएका हुन्। यो संख्या भदौ अन्तिमसम्म निकै बढ्ने देखिन्छ। साउनमा पनि ६३ हजार ४२ जनाले श्रम स्वीकृति लिएको तथ्यांक छ। जसमध्ये मलेसियाका लागि २४ हजार ४८४, कतारका लागि १२ हजार ५७० जनाले लिएका थिए। त्यस्तै युएईका लागि ८ हजार १४०, साउदीका लागि ६ हजार ७०५, कुवेतका लागि चार हजार २८४ जना र बाँकीले युरोप लगायत अन्य मुलुकका लागि श्रम स्वीकृति लिएका थिए। २०७८ साउनभन्दा यो साउनमा कामको खोजीमा विदेशिनेको संख्या झन्डै तेब्बरले बढेको छ। गत वर्ष साउनमा २५ हजार हाराहारीले मात्रै नयाँ तथा पुनः श्रम स्वीकृति लिएर विदेशिएका थिए।
भदौमा २४ हजार युवा नयाँ श्रम स्वीकृति लिएर विदेशिएका थिए। पुनः सहित ३६ हजारले स्वीकृति लिएको देखिन्छ। यो भदौ २१ गतेसम्म ४९ हजार ९२७ जनाले श्रम स्वीकृति लिइसकेका छन्। जसमध्ये मलेसियाका लागि २३ हजार ६३३ जनाले स्वीकृति लिएका छन्। कतारका लागि सात हजार ९७०, युएईका लागि पाँच हजार ४९८, साउदीका लागि चार हजार ७०, कुवेतका लागि दुई हजार ९१५ र अन्य मुलुक गरेर जम्मा ४९ हजार ९२७ जनाले श्रम स्वीकृति लिएका हुन्। यो संख्या भदौ अन्तिमसम्म निकै बढ्ने देखिन्छ। साउनमा पनि ६३ हजार ४२ जनाले श्रम स्वीकृति लिएको तथ्यांक छ। जसमध्ये मलेसियाका लागि २४ हजार ४८४, कतारका लागि १२ हजार ५७० जनाले लिएका थिए। त्यस्तै युएईका लागि ८ हजार १४०, साउदीका लागि ६ हजार ७०५, कुवेतका लागि चार हजार २८४ जना र बाँकीले युरोप लगायत अन्य मुलुकका लागि श्रम स्वीकृति लिएका थिए। २०७८ साउनभन्दा यो साउनमा कामको खोजीमा विदेशिनेको संख्या झन्डै तेब्बरले बढेको छ। गत वर्ष साउनमा २५ हजार हाराहारीले मात्रै नयाँ तथा पुनः श्रम स्वीकृति लिएर विदेशिएका थिए।